Entertainment
»
सलमानकी आमाले भेटिन बुहारी, सलमानको यी नायिकासँग विहे निश्चित ...
सलमानकी आमाले भेटिन बुहारी, सलमानको यी नायिकासँग विहे निश्चित ...

मुम्बई । सलमान खानकी आमाले छोराका लागि बुहारी फेला पारेकी छन् । सलमानकी आमाले उनकी प्रेमिकालाई बुहारीको रुपमा मन पराएको र यसैवर्ष विवाह हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले खुलासा गरेका छन् ।
सलमान खानले ५० वर्ष काटिसकेपनि अझै विवाह गरेका छैनन् । त्यसकारण उनको परिवारले मात्रै होइन उनका सबै शुभचिन्तकहरु उनको विवाह हेर्न आतुर छन् ।
सलमानको विवाहलाई लिएर उनको परिवार विगत २५ वर्षदेखि परेशानीमा छ ।
हरेक वर्ष उनलाई उनको परिवारले विवाहको कुरा गरेपनि सम्भव भइरहेको छैन । तर उनी पछिल्लो समयमा रोमानियाकी युलिया वंतुरसँग सम्बन्धमा रहेको चर्चा छ ।
सलमानले उनीसँगै विवाह गर्ने निश्चित भएको र युलिया सलमानकै परिवारको सदस्यको रुपमा घरमा बस्ने गरेको भारतीय सञ्चारमाध्यमको भनाई छ ।
सलमानको परिवारले ५० वर्ष उमेर काटिसकेका सलमानको युलियाले नै घरबार बसाउने विश्वासका साथ विवाहको तयारी गरेका हुन् ।
सलमान आफैले पनि अब आफू छिट्टै विवाह बन्धनमा बाँधिन चाहेको बताउँदै आएका छन् । उनले युलियासँगै विवाह गर्ने विषयमा भने अहिलेसम्म मुख खोलेका छैनन् ।
0 comments
Write Down Your Responses