यी हुन धोनीकी पूर्व प्रेमिका, जो माधवनसँग मस्ती गर्दैछिन्

मुम्बई—दक्षिण भारतकी नायिका लक्ष्मी राय आजभोलि निकै खुशी छिन् । किनभने उनी ‘जुली २’बाट बलिउडमा डेब्यु गर्दैछिन् । बोल्डनेसका कारण लाग्दैंछ कि उनले नेहा धुपियालाई पछि पछारिदिएकी छिन् । जो ‘जुली’को मुख्य भूमिकामा थिइन । ‘जुली २’ त्यसैको सिक्वेल हो । खैर, जे भएपछि लक्ष्मी राय जसको वीकेण्डमा जन्मदिन परेको थियो । यही मौकामा उनले शानदार पार्टी दिइन । जसमा उनले आफ्ना नजिकका बलिउडका दक्षिण भारतका साथीहरुसँगै बलिउडका साथीहरुलाई निम्ता गरेकी थिइन । जसमा आर धावन पनि देखिएका थिए । जो पूर्ण मस्तीको मुडमा देखिएका थिए । तस्विरमा पनि उनी त्यस्तै देखिन्छन् । वर्थ डे पार्टीमा लक्ष्मी रायले आफ्नो बलिउड डेब्युको पनि घोषणा गरिन् । यी तिनै लक्ष्मी राय हुन्, जसको भारतीय क्रिकेट टिमका कप्तान एमएस धोनीसँग लामै समय अफेयर चलेको थियो । यो विवाहभन्दा पहिलेको कुरा हो । हालै एक अन्तर्वार्तामा लक्ष्मीले धोनीसँगको आफ्नो सम्बन्धलाई ‘दाग’जस्तो बताएकी थिइन । लक्ष्मी रायले झण्डै ५० वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । २६ वर्षीया यी सुन्दरी बेलगाउँ कर्नाटकमा जन्मिएकी भएपनि हाल बैग्लोरमा बस्दैं आएकी छिन् । उनी स्टेज प्रस्तोताका रुपमा पनि चर्चामा रहँदैं आएकी छिन् । उनले सन् २००५ मा तेलगु सिनेमा ‘करका कसदरा’बाट अभिनय सुरु गरेकी हुन् ।

0 comments

Write Down Your Responses