कंगनाको पक्ष लिएर बोल्दा यि कलाकारकी श्रीमति र छोरीले घर नै छोडेर हिडे

कंगनाको बचाउ गर्दै बोलेका आदित्य पञ्चोलीका घरमा खैलाबैला मच्चिएको छ । शेखर सुमन र अध्ययन सुमनले कंगनाको विषयमा नकारात्मक विचार दिएपछि उनले कंगना पक्ष लिदै उनीहरुलाई चेतावनी दिएका थिए । ऋतिक र कंगनाको विषयले बलिउडको माहोल तताइरहेको बेला यसै विषयमा होमिन पुगेका आदित्यले दिएको विचार पछि उनकी पत्नी जरिना बहाब र छोरी सेनाले घर छोडेर हिडेका छन् । उनीहरु हैदराबाद गएर बसेको बताइएको छ । अध्ययनले कंगनालाई गम्भिर आरोप लगाएपछि आदित्यले कंगनाको बचाउ गर्दै अध्ययन भनेको को मान्छे हो म चिन्दिन, त्यसलाई मेरो सामु लिएर आओ भनेका थिए । यस विषयले आदित्यको घरमा झगडा भएपछि आदित्यकी पत्नी र छोरीले घर छोडेर छुट्टै बस्न गएको बताइएको छ 

0 comments

Write Down Your Responses