कंगना र ऋतिक विवादबारे यसो भन्छन् अक्षय कुमार ...
बलिउडका एक्सन एण्ड कमेडी किङ अक्षय कुमारले कंगना र ऋतिकबिच चलिरहेको विवाद बारे आफ्नो धारणा राखेका छन् । उनले रिलिजको क्रममा रहेको फिल्म ‘हाउस फुल ३’ को प्रोमोशनको एक कार्यक्रममा कंगना र ऋतिक बिचको विवाद छिट्टै अन्त्य होस भनेका छन् । उनले यो विवाद त आफ्नो विल्डिङमा चलिरहेको बताए । ऋतिक र उनी एउटै विल्डिङमा बस्दै आइरहेका छन् । उनले भनेका छन् यो विवादलाई धेरै तन्काउनु कसैलाई फाइदा छैन । असमझदारी के विषयमा हो त्यो प्रष्ट नभइ यो विवाद टुगिनेवाला छैन । अक्षयले यस्तो परिस्थितिलाई सम्हाल्न सक्ने खुबी कंगनामा भएको भन्दै उनको तारिफ समेत गरेका छन् । कंगनाको यसअघि अमिताभ बच्चन, ऐश्वर्या राय र विद्या बलानले समेत तारिफ गरेका छन् ।


0 comments
Write Down Your Responses