शौचालयको झ्यालबाट खसेर अभिनेता केसी गम्भीर घाइते
टेलिश्रृंखला तथा ठूलो पर्दाका थुप्रै फिल्ममासमेत अभिनय गरेका अभिनेता विनोद केसी शौचालयको झ्यालबाट खसेर घाइते भएका छन्। लामो समयदेखि मधुमेह रोगबाट पीडित केसी घरको दोस्रो तलामा रहेको शौचालय जाँदा चक्कर लागेर झ्यालबाट खसेर पर्खालमा ठोक्किएका थिए।
झरेपछि केही बेर बेहोस भएका केसीको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ भने नशा च्यापिनुका साथै मेरुदण्ड भाँचिएको छ।
घटनापछि उनलाई चाबहिलस्थित ओम अस्पताल पु¥याइएको थियो। टाउकोमा २० र खुट्टामा सात टाँका लगाइएका केसीलाई ओम अस्पतालमा पाँच दिनसम्म राख्दा पनि स्वास्थ्यमा सुधार नआएपछि ग्रान्डी अस्पताल पु¥याइएको थियो। जहाँ हाल आइसियुमा राखेर उनको उपचार भइरहेको छ।
उपचारका क्रममा रक्तचाप उच्च देखिएपछि समयमै शल्यक्रिया हुन नसकेको पारीवारिक स्रोतले बताएको छ। स्रोतको भनाईमा रक्तचाप सामान्य भएपछि सम्भवतः आइतबार ढाडको शल्यक्रिया हुनेछ।

0 comments
Write Down Your Responses