त्यो साझँ राजिनामा दिन तयार थिए तर ....प्रधानमन्त्री ओली ..
काठमाडौ । अहिलेकै सरकारले बजेट ल्याउने र त्यसपछि सरकारको नेतृत्व फेर्ने गरी सत्तारुढ नेकपा एमाले र एनेकपा माओवादीका शीर्ष नेताहरूबीच अघिल्लो दिन जुटेको सहमतिलाई मूर्तरूप दिन २३ वैशाख साँझ् प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक चार घण्टासम्म चल्यो ।
शीर्ष नेताहरूसँगको परामर्शमा एमाले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संयुक्त वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने मिति उल्लेख गरिएपछि उत्पन्न तनावले बैठक लम्बिएको थियो ।
सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीको राजीनामा मिति सार्वजनिक गर्दा सबैतिर नकारात्मक सन्देश जाने अडान एमाले नेताहरूले लिएपछि बल्लतल्ल बनेको सहज परिस्थिति उल्टिने संभावना बढेको थियो ।
तर, वर्तमान सरकारलाई नै निरन्तरता दिन प्रयासरत दुवै दलका दोस्रो तहका नेताहरूको पहलमा गौतमले तयार पारेको वक्तव्यको भाषा बदल्ने सहमति भयो ।
तत्कालै एमालेका अर्का उपाध्यक्ष भीम रावल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामाको प्रसंग हटाएर संयुक्त सहमतिपत्र तयार पारे, जसमा दुवै दलका अध्यक्षले हस्ताक्षर गरे ।
यसरी कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णयबाट २४ घण्टाभित्रै एमाओवादी ‘यू टर्न’ भएपछि सरकारले १५ जेठभित्र नयाँ बजेट ल्याउने गरी तयारी अघि बढाएको छ भने सहमतिपत्र तयार पार्ने क्रममा र अघिल्लो दिन एमाओवादीले सरकार छाड्ने निर्णय लिएपछि राजिनामाका लागि तयार भएका ओली नेतृत्वको सरकार जोगिएको छ । हिमालबाट


0 comments
Write Down Your Responses