दुइसय युवकसँग डेटिङ गइसकिन् यी हजुरआमा ,युवा केटासँगै विहे गर्ने रहर

grandmomएजेन्सी । हरेक मानिसलाई जवानीमा रोमान्स गर्ने चाहाना हुन्छ । तर उमेरसँगै मानिसलाई यस्ता कुरामा भने मन जाँदैन । तर भनिन्छ नि ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ । त्यस्तै कुरा एउटा महिलाको जीवनमा भएको छ । ब्रिटेनकी ७१ वर्षीय मार्गरेट कालिन्सले बुढो उमेर भएपनि दुइसय भन्दा बढी युवासँग डेटिङ गरिसकेकी छिन् । उनी ७१ वर्षको उमेरमा पनि पार्टी, डिस्को जान्छिन् र पोल डान्स पनि गर्छिन् । उनले जीवनमा २ पटक विहे गरिसकेकि छिन् । तर अहिले युवाहरुसँग डेटिङ जाँदा फेरी विवाह गर्न मन लागेको उनले बताएकि छिन् । मार्गरेटको ३ छोरी, पाँच वटा नाती र २ वटा पनाती छन् । उनले आफनो जीवनको २० वर्ष छोराछोरी हुर्काउन समय बिताएको र काम गर्दा युवा समयमा रमाइलो गर्ने नपाएको उनल बताइन् । अहिले आफ्नो सम्पुर्ण काम अरुलाई जिम्मा लगाइसकेपछि उनी आफ्नो जीवनमा सबै खालको रमाइलो गर्न चाहन्छिन् । त्यसैले उनी हरेक मन परेको युवासँग डेटिङ जाने र आफुलाई पनि युवा महसुस गर्ने बताएकि छिन् ।

0 comments

Write Down Your Responses