चीनले नेपाललाई यसरी किन ढाँट्यो ?

काठमाडौं, ५ जेठ जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा अनुमतिविना सुन खानीको खोजतलास गरिरहेको भन्दै कम्पनीलाई स्थानीय प्रशासनले काममा रोक लागएको छ । धरान ७ सुनसरीका वेगप्रसाद अर्यालको नामको खोजतलास अनुमतिपत्रका आधारमा काम गरिरहेका चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समक्ष आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाइएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । शुरुमा खोजतलासको अनुमति छ भनेर स्थानीय प्रशासनलाईभुक्याएका चिनियाँ नागरिकहरुले गलत कुरा गरेपछि कागजात हेर्दा आव २०७१–७२ सम्म मात्र नवीकरण भएकोले काममा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवीकरण पत्र एक दुई दिनमै ल्याउँछौ भन्दै लामो समयसम्म पनि नल्याएको हुँदा काममा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । नेपाल सरकारको अनुमतिविना कसैलाई अवैध तरिकाले काम गर्न नदिने प्रमुख मल्लले बताए । कम्पनीलाई निगरानी गर्नको लािग प्रहरी सहायको नेतृत्वमा टोली खटाइएको थियो ।

0 comments

Write Down Your Responses