National
»
सिन्दूर हाल्ने बेलामा औंठी नपाएपछि विहे रद्ध ...
सिन्दूर हाल्ने बेलामा औंठी नपाएपछि विहे रद्ध ...

पर्सा । नबदम्पतीको एक अर्कालाई गर्ने सम्मान र समझदारी हेर्दा जो कोहीले प्रेम विवाह गरेको वा दुवैले लामो समयदेखि एक अर्कालाइ चिनेको अनुमान गर्छन् । तर मधुमास अवधि पूरा भइनसकेको वीरगन्ज १२ गोस्वारा रोडका ३१ वर्षीय जटाधारी वर्णवाल र भारत बेतियाकी २३ वर्षिया सोनी वर्णवाल दम्पतीको हकमा भने दुवैखाले अनुमान गलत सावित हुनसक्छन् । दैवले जुराएको यो जोडिको न त प्रेम विवाह नै भएको हो न मागी नै । अचानक र अप्रत्यासित रुपमा भएको विवाहले जटाधारी र सोनीलाई चर्चित बनाएको छ । वीरगञ्ज लक्ष्मणवाका एक स्वजातीय युवासँग फागुन २७ का लागि तय भएको सोनीको विवाह केबल एउटा सुनको औंठीको विवादले सम्पन्न हुन सकेन । सिन्दुर हाल्ने बेलासम्म पूर्वनिधारित दाइजोका सूचिमा रहेको सुनको औठी नपाएका बेहुलाले विवाद झिके । भारत बेतियादेखि सपरिवार नेपाल आएर छोरीको कन्यादान गर्न ठिक्क परेका उनका अभिभावकले बेहुला पक्षले माग अनुसारको सबै दाइजो दिइसकेको र वैवाहिक कार्यक्रम सकिएलगत्तै सुनको औंठी दिन तयार रहेको बताएका थिए । तर सिन्दुर हाल्ने विधि सक्न जाति अनुरोध गरेपनि बेहुलाले मानेन् । सोनीले पनि दाइजोमा लिप्त युवकसँग कुनैपनि हालतमा विहे नगर्ने अडान लिइन् । अन्तत लामो विवाद र प्रहरी हस्तक्षेपले विहे भाँडियो । दाइजोको लोभले विवाह भाँडिएर भारतबाट आएको एक मध्यमवर्गीय परिवारसामु वर्णवाल समाजको मात्र नभई नेपालकै वेइज्जती भएको महसुश उक्त समाजले गर्यो । अगुवाहरुको पहलपछि जटाधारीले सहसिक निर्णय गर्दै सोनीसँग विवाह प्रस्ताव गरे । विना दाइजो विवाह गर्ने उनको प्रस्ताव सोनी मात्र नभई परिवारजनले पनि सहर्ष स्वीकारे कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses