धुन्धुकारी दिलीप रायमाझी यस्तो के गर्दैछन् काठमाडौंमा ?
काठमाडौं । नेपाली फिल्ममा कुनै समय राम्रो छाप बनाएका अभिनेता दिलीप रायमाझी आजकाल काठमाडौंमै छन् । अमेरिकामा स्थायी बसोबास गर्दै आएका दिलीप काठमाडौं आउनुको रहस्य भने अर्कैछ । उनी फिल्म खेल्न आएका होइनन् ।
केही वर्ष अगाडि अमेरिका भासिएका दिलीपको कीर्तिपुर नजिकैको गाउँमा रहेको आफ्नो पुख्र्यौली सम्पत्ति बिक्री गर्न काठमाडौं आएका हुन् । अहिले दिलीपले धमाधम आफ्नो पुख्र्यौली सम्पत्ति बिक्री गरिरहेको स्रोतले जनाएको छ ।
दिलीपले आफ्ना नजिकका साथीहरूसँग आफ्नो सबै सम्पत्ति बिक्री गरेर पैसाभरि अमेरिका लैजाने भनेर बताउने गरेका छन् । अमेरिकामा कति बस्ने हुन् त्यो जानकारी दिन नमान्ने दिलीपले सरोज खनाल जस्तै बुढेसकालमा नेपाल फर्किएर राजनीति गर्ने हुन् कि उतै बस्ने हुन् केही भन्न नमान्ने गरेको बताइन्छ ।
दिलीपले खेलेका फिल्महरू धमाधम डब्बा भएपछि उनको डिमाण्ड कम भएको थियो । सोही बेला अमेरिका जाने भनेर भीषा अपलाइ गरेका दिलीप अमेरिका गएर काम गर्न थालेका हुन् । उनले आफ्नो सबै परिवारलाई अमेरिका लगेका छन् ।
दिलीपद्वारा अभिनित फिल्म ‘उहिले बाजेको पालामा’ फिल्महरूमा चलिरहेको छ । तर, दिलीप आफ्नो फिल्मको प्रचारमा एकदिन पनि देखिएका छैनन् । फिल्मले सामान्य व्यापार गरिरहेको छ । राजधानीमा भन्दा पनि उपत्यका बाहिरका हलहरूमा यसको बजार राम्रो छ ।


0 comments
Write Down Your Responses