Health
»
यि हुन् ‘हट’ योग गुरु, वर्षमा १ पटकमात्रै नुहाउँछन (तस्विर र भिडियो सहित)
यि हुन् ‘हट’ योग गुरु, वर्षमा १ पटकमात्रै नुहाउँछन (तस्विर र भिडियो सहित)
, बैशाख २८ । बेलायतका स्टिवार्ट गिलक्रिस्ट हट योगा गुरुका रुपमा चर्चित छन् । उनले हातले छोएर योगा गराउने भएका कारण उनलाई टचिएस्ट गुरुको टाइटल दिएका छन् । उनको योगा सेन्टरमा अधिकांश युवती तथा महिलाहरु आकर्षक शरिर बनाउनका लागि आउने गरेका छन् ।युवतीहरुलाई हातले छोएर योगा गराएका तस्विर सार्वजनिक भएसँगै उनलाई हट योग गुरुको रुपमा चर्चा गरिएको छ । उनी सँग योग सिक्न आउनेमा चर्चित नायिका तथा धनाढ्य परिवारका व्यक्ति बढी छन् ।५३ वर्षका गिलक्रिस्ट वर्षमा एकपटक मात्र नुहाउँछन् । त्यो पनि समुद्रमा । ‘म वर्षमा एकपटक नुहाउँछु, नुहाएको एक महिनापछि शरिरबाट हल्का गन्ध आउन सुरु हुन्छ’ गिलक्रिस्ट भन्छन्, ‘तर त्यो गन्धमा पनि अचम्मको आकर्षण छ, योगाको समयमा मानिसहरु मन पराउँछन् ।’उनको योगा क्लास ९० मिनेटको हुन्छ । शक्तिशाली हातका कारण परिचित उनी हातकै विभिन्न टेक्नीकको प्रयोग गरि योगा गराउँछन् । चर्चित हलिउड कलाकार उनकोमा योगा सिक्न आइरहेको बेला अहिले बेलायतका राजकुमार विलियमकी साली पीपा मिडल्टनपनि थपिएकी छन् ।
लामो लामो कपाल राख्न रुचाउने गिलक्रिस्टले भारतमा आएर योगा सिकेका हुन् । पछि बेलायतमा गएर योगालाइ आफ्नो अन्दाजमा ढालेर सिकाउन थालेका हुन्।
हेर्नुहाेस भिडियाे :
0 comments
Write Down Your Responses