‘प्रेम गर्न कुनै उमेर चाहिँदैन'

पहिलो प्रेम ? 
प्रेम त होइन ११ मा पढ्दा क्रस चाहिँ भएको थियो । हामी राम्रो साथी थियौं बोल्दै जाँदा मन परेको थियो ।
 २. के कुरा मन पर्‍यो ?
 सेन्स अफ ह्युमर ।
 ३. क्रस प्रेममा परिणत भएन ? 
 हुन पाएन, सिरियसली सोच्ने उमेरै भएको थिएन । केही समयको लागि राम्रो लागेको थियो । त्यो फिलिङ्स पछि त्यत्तिकै सकियो । 

 ४. प्रेम गर्न उमेर चाहिन्छ ?
 प्रेम गर्न कुनै उमेर चाहिँदैन तर परिपक्व भएपछिको सही निर्णय गर्न सकिन्छ । त्यसैले परिपक्व नहुँदासम्म प्रेमसम्बन्धमा नपर्नु नै राम्रो हुन्छ । 
 ५. तपाईंको लागि त्यो समय कहिले आउँछ ? 
आफ्नो पढाइ सकेर राम्रो काम गर्न थालेपछि । जब कसैको भरमा बाँच्नु नपर्ने अवस्थामा पुग्छु तब मात्र प्रेमसम्बन्ध गाँस्नेछु । 
 ६. त्यसअघि नै कोही मन पर्‍यो भने ? 
त्योबारेमा त सोच्नै पर्छ । तत्काल केही न केही उपाय वा निर्णय होला ।
 ७. कस्तो मान्छे मन पर्छ ? 
अनुहार र बैंक अकाउन्ट हेरेर त कसैको पछि लाग्दिनँ । कुराकानी हुँदै गएपछि मात्र मान्छे चिनिन्छ । इन्डिपेन्डेन्ट होस् भन्ने चाहिँ चाहन्छु ।
 ८. प्रेम र विवाह एउटैसँग हुनुपर्छ ? 
बिहे गर्ने उमेरसम्म कोही मन परेछ भने उसैसँग बिहे गर्छु । नभए ममीबुवाले राम्रो मान्छे खोजिदिनुहुन्छ उसैसित विवाह गर्छु । 
 ९. प्रेम प्रस्ताव कति आउँछन् ?
 प्रशस्त आउन थालेको छ । तर त्यसरी राम्रोसँग चिन्दै नचिनेको मान्छेले प्रेम प्रस्ताव पठाउँदा सिरियस लाग्दैन । १०. प्रेम के हो ? 
कसैलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ भने त्यही नै प्रेम हो ।

0 comments

Write Down Your Responses