त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, तीन जहाज आकाशमै होल्ड ...
काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा वर्षा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण बन्द भएका छन् ।
वर्षाले भिजिबिलिटी कम भएर विमानस्थल आसपासको क्षेत्र अध्यारो भएपछि आन्तरिक र बाह्य दुबै उडान बन्द गरिएको छ ।
विदेशबाट आएका जहाजहरु आकाशमै होल्ड गरिएको छ । भुटानबाट आएको डुक एयरको जहाज, सारजाहबाट आएको जहाज र बोइङ ७८८ जहाज भिजिबिलिटी कम हुँदा अवतरण गर्न सकिरहेका छैनन् । उनीहरु आकाशमै चक्कर लगाइरहेका छन् ।
अहिले पनि काठमाडौंमा वर्षा भइरहेको छ ।


0 comments
Write Down Your Responses