फिर्ता बोलाइएका राजदूत उपाध्यायले दिल्लीबाटै दिए ओलीलाई अर्काे कडा चुनौति

Oli-Updhyaकाठमाडौं, २८ वैशाख । फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीबाटै अर्काे चुनौति दिएका छन् । उनले आफूमाथि लगाइएको सरकार परिवर्तनमा भुमिका खेलेको आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् । ओली सरकारले फिर्ता बोलाएपनि उपाध्याय हाल दिल्लीमै छन् । नेपाली कांग्रेसको कोटाबाट तत्कालिन सुशील कोइराला सरकारको पालामा राजदूत बनेका उपाध्यायलाई केही दिनअघि सरकार ढाल्न भारतबाट सुटुक्क नेपाल आएर गतिविधि गरेको आरोप लगाउँदै मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको थियो । भारतको चर्चित पत्रिका इकोनोमिक टाइम्सलाई अन्तर्वार्ता दिँदै राजदूत उपाध्यायले प्रधानमन्त्री ओली र दलीय प्रतिसोधकै कारण आफूले पदबाट फिर्ता जानुपर्ने स्थिती आएको बताए । ‘मैले भारतका लागि नेपालका तर्फबाट राजदूत नियुक्त भएदेखि नै मेरो देशको निर्देशनअनुसार काम गर्दै आएको छु । सरकारले ममाथि लगाएको आरोप निराधार छ । यति सत्य भन्छन् भने ओली सरकारले प्रमाणित गरेर देखाउनुपर्छ । यो मेरो चुनौति हो,’ उपाध्यायले अन्तर्वार्तामा भनेका छन् । भारत र नेपालको सम्बन्ध सुधारका लागि आफू दिनरात नभनी खटिएको भन्दै उनले अन्तिममा आफूमाथि लगाइएको निराधार आरोपले स्तब्ध बनाएको दुखेसो पोखेका छन् । राजदूत उपाध्यायलाई सरकारले फिर्ता बोलाएको पत्र सोमबार पठाइसकेको छ । यस्तो छ भारतीय पत्रिकाको समाचारःIndian-news

0 comments

Write Down Your Responses