खुल्यो अर्काे रहस्य ! ओली सरकारको आयू जम्मा ६७ दिन मात्रै ...
काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले वर्तमान सरकारको आयू जम्मा ६७ दिन रहेको आरोप लगाएको छ ।
संसदको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव पेश गर्दै कांग्रेस सांसद रमेश लेखकले एकीकृत माओवादीका सचिव वर्षमान पुनले सरकारको आयू तोकिसकेकाले सरकारको विषयमा धेरै टिकाटिप्पणी आवश्यक नरहेको बताउनुभयो । ‘एमाओवादीका सचिव वर्षमान पुनले भन्नुभएको छ । यो सरकार अस्थायी हो’, उहाँले भन्नुभयो, ‘वर्षमान पुनका अनुसार यो सरकारको आयू जम्मा ६७ दिन मात्रै रहेछ । अस्थायी आयू रहेको सरकारले चीरकालका लागि नीति तथा कार्यक्रम ल्याउनुलाई छलफल हुन मलाई अनौठो लागिराखेको छ । यो उखान टुक्काको सरकार जस्तै भयो ।’
‘यो मुलुक जसरी चलाए पनि चल्दो रहेछ’, सांसद लेखकले भन्नुभयो, ‘संविधान सर्वस्वीकार्य बनाउनु पहिलो दायित्व हो । यो संविधानमा केही साथीहरूको असन्तुष्टि छ । उनीहरूलाई मान्ने अवस्थामा ल्याउनुपर्छ । वार्ता गर्नुपर्छ ।’
‘हाम्रो एजेन्डा भनेको संविधान कार्यान्वयनको हो’, कांग्रेस सांसद लेखकले भन्नुभयो, ‘नीति तथा कार्यक्रम पेश भइरहँदा केही राजनीतिक दल अनुपस्थित थिए । त्यस विषयमा सरकारले ध्यान दिएको खोइ ?’
स्थानीय निकायको निर्वाचन गर्ने विषयमा कडा टिप्पणी गर्नुभएका लेखकले भन्नुभयो, ‘स्थानीय निकायको चुनवा कसरी गर्नु हुन्छ । स्थानीय निकाय बढ्ने होइन, राज्यपुनसंरचना गर्दा घट्छन् ।’ सरकारले गर्ने निर्वाचनको कुरा गर्नुपर्ने भन्दै उहाँले हुँदै नहुने कुरालाई गर्नु उचित नहुने उल्लेख गर्नुभयो ।


0 comments
Write Down Your Responses