गौरी मल्ल र नम्रता श्रेष्ठको प्रेमिका बने आर्यन सिग्देल ‘होमवर्क’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं, २२ वैशाख । नेपाली कथानक चलचित्र होमवर्कको ट्रेलर सार्वजनिक भएको छ । नायक आर्यन सिग्देलको दोहोरो भूमिका रहेको चलचित्रमा उनलाई युवा र वृद्ध दुई भूमिकामा देख्नपाईने भएको छ । कलाकारहरुमा आर्यनका अलावा अभिनेत्री गौरी मल्ल र नायिका नम्रता श्रेष्ठको प्रेमिका रुपमा सिग्देललाई पर्दामा देख्न पाइने भएको छ । गोपिकृष्ण मुभिजको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको फिल्म जेठ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

0 comments

Write Down Your Responses