मध्य आकाशमा यसरी चोरियो अढाइ लाख डलर ...

हङकङ– हङकङ आउँदै गरेको एउटा विमानभित्रै अढाइ लाख डलरभन्दा बढी चोरी भएको हङकङ प्रहरीले जनाएको छ। एक जना ३९ वर्षीय विदेशीले आफ्नो २ लाख ५७ हजार ७ सय ३० राखिएको झोला, त्यस झोलामा रहेका अन्य मूल्यवान दुई वटा घडीसमेत चोरिएको प्रहरीलाई बताएका छन्।स्थानीय अखबारका अनुसार एक जना टर्केली व्यापारी दुबईबाट हङकङ 'सस्तो' कक्षमा यात्रा गर्दैरहँदा उनको पैसाको थैली चोरी भएको हो ।
घटनामा इमिरेट्स विमानले प्रहरीसँग मिलेर घटनामाथि छानबिनमा सहयोग गरिरहेको बताएको छ । पछिल्लो समय संसारभर नै मध्य आकाशमै चोरीका घटना घटिरहेको र यसमा संगठित गिरोह संलग्न रहेको आशंका गरिएको छ।
0 comments
Write Down Your Responses