दाहाल–देउवा भेट जारी ओलीको प्रस्ताव दाहालद्वारा ठाडै अस्विकार ....

वैशाख २३, २०७३- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सत्तासमीकरणको विषयलाई लिएर छलफलमा छन् । राजधानीको एक गोप्य स्थानमा दुवै छलफलमा रहेको एमाओवादीका एक उच्च नेताले कान्तिपुरलाई जानकारी दिए । स्रोतका अनुसार दुवै नेताबीच एमाओवादीले सरकारको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा कुरा भइरहेको छ । यसअघि एमाले उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर लाजिम्पाटस्थित दाहाल निवास पुगेका थिए । गौतमले नीति तथा कार्यक्रम तथा बजेट ल्याउन दिन दाहाललाई गरेको आग्रह उनले ठाडै अस्वीकार गरेका थिए । दाहालको भनाई उद्धृत गर्दै एक एमाओवादी पदाधिकारीले भने, ‘हामी कांग्रेससहित राष्ट्रिय सहमतिको सरकारको दिशामा अघि बढिसक्यौं । सक्नुहुन्छ भने मलाई सहयोग गर्नुहोस् ।’

0 comments

Write Down Your Responses