अर्को फिल्म नगर्ने सर्त मान्दै आना 'ग्याङ्स्टर ब्लुज'मा

जेरी'बाट डेब्यू गरेको झण्डै दुई वर्षपछि आना शर्मा हेमराज बिसी निर्देशित 'ग्याङ्स्टर ब्लुज' आउने भएकी छन्। फिल्ममा उनी डेब्यू कलाकर आशिरमान देशराजको जोडी बन्नेछिन्। बिहिबार भएको फिल्मको प्रेस मिटमा आनाले अन्य फिल्म नगर्ने सर्तसहित फिल्म गर्न लागेको खुलासा भएको छ। पत्रकार सम्मेलनमा फिल्म फ्लोरमा जान ८ महिनाको अवधि रहेको अवस्थामा आनालाई अर्को कुनै फिल्म गर्नेछिन् की छैनन् भन्ने संचारकर्मीको प्रश्नको उत्तरमा हेमराज बिसीले आनालाई अर्को फिल्म नगर्ने सर्तसहित फिल्ममा अनुबन्ध गरिएको बताए। बिसीले भने, 'लिड कलाकार आना शर्मा र आशिरमान देशराज यो प्रोजेक्ट नसकिँदासम्म अन्त कतै अनुबन्धन् हुने छैनन्, हामीसँगै मात्र हुनेछन्, हामीबीच यस्तै सम्झौता भएको छ।' त्यस्तै हेमराजले उक्त सम्झौता आपसी समझदारीमा नै तय गरिएको जानकारी दिए। फिल्ममा लागि गरिएको यो सर्तका कारण फिल्मको पर्दामा आनालाई हेर्न दर्शकहरूले डेढ वर्ष कुर्नुपर्ने भएको छ। 'जेरी'को रिलिज पश्चात आनाले राम्रै प्रशसंकहरू बटुलेकी छन्।

0 comments

Write Down Your Responses