अमेरिकामा बस्ने ८ बर्षीया नेपाली बच्चीको गीत युट्युवमा चर्चित बन्दै (भिडियोसहित)
वाशिंगटन । नेपाली बाबुआमाबाट अमेरिकामा जन्मेकी आठ बर्षकी बच्चीले गाएको अंग्रेजी गीत ‘टर्न अप’ युट्युवमा चर्चित बनेको छ । सन् २००८ मा जन्मेकी प्रिशा श्रेष्ठले अंग्रेजी भाषामा टर्न अप युट्युवमा गत आइतबार अपलोड गरिएको थियो । अहिलेसम्म १५ हजारबढिले उनको गीत हेरिसकेका छन् । गीतमा जिस्मा इनिमिनीको शब्द र नेपाली संगीतकार ज्योती श्रेष्ठको संगीत छ । अमेरिकाको भर्जिनियामा बस्दै आएका सृजना उप्रेती र बिजय श्रेष्ठको दोस्रो सन्तानको रुपमा अमेरिकामा जन्मेकी पि्रशा छिट्टै गीति एल्वम निकाल्ने तयारीमा छिन् । उनको गीत बाल मनोरञ्जक छ । गीतमा सार्थक जीवनको अर्थ सधै हासिरहने र रमाइलो गरिरहने भन्ने भाव छ । यो गीतको म्युजिक भिडियो निर्देशन संगीतकार ज्योती ले नै गरेका छन् । यसअघि पनि पि्रशाले गीतकार प्रकाश सुवेदीको शव्दमा र संगीतकार वसन्त सापकोटाको संगीतमा ‘जति माया लाग्छ मामुको’ र ‘टुक्रिएको देश हैन’ बोलको राष्ट्रिय गीत गाइसकेकी छन् ।


0 comments
Write Down Your Responses