National
»
‘प्रचण्ड’ आफै सरकार ढाल्न आएपछि हामी चुप लागेर बस्ने ?
‘प्रचण्ड’ आफै सरकार ढाल्न आएपछि हामी चुप लागेर बस्ने ?

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका नेता रमेश लेखकले ‘प्रचण्ड’ आफै आएर सरकार गिराउन आफूले सहयोग गर्ने भन्दै प्रयास थालेपछि आफूहरूले पनि साथ दिएको खुलासा गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता लेखकले कांग्रेसले भन्दा पनि सरकार गिराउने खेलमा ठूलो भूमिका ‘प्रचण्ड’ले गरेको बताउनुभयो । ‘सरकार गिराउने खेलमा कांग्रेसभन्दा पनि धेरै एकीकृत माओवादी दोषी छ’, उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारसँग मलाई मोह छैन । काम पनि गर्न सकेन । म सरकार छाड्छु । कांग्रेसले सहयोग गर्नु प-यो ।’
अध्यक्ष ‘प्रचण्ड’ र सभापति शेरबहादुर देउवाबीच भएको कुराकानी उदृत गर्दै कांग्रेस नेता लेखकले भन्नुभयो, ‘प्रचण्ड आफै आफ्नो सरकार ढाल्ने भनेर प्रमुख विपक्षी दलको ढोकामा आउनेलाई सहयोग गर्नु हाम्रो धर्म हो । दायित्व पनि हो ।’
अन्तिममा आएर कांग्रेसलाई सरकार परिवर्तनका विषयमा ‘प्रचण्ड’ले धोका दिएको बताउनुभयो । ‘हामी प्रमुख विपक्षी दल हौँ’, उहाँले भन्नुभयो, ‘हाम्रो दायित्व र धर्मअनुसारको भूमिकामा बस्छौँ ।’
आगामी दिनमा राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा कांग्रेस नेता लेखकले भन्नुभयो, ‘हामी आफ्नो जिम्मेवारी अनुसार अगाडि बढ्छौँ । सत्ताको खेलमा भन्दा पनि जनताका दैनिकीमा ध्यान दिन्छौँ ।’
0 comments
Write Down Your Responses