दिपकराज गिरी भन्छन्–हाम्रा यस्तो कारण प्रचण्डले देउवालाई धोका दिए ...
काठमाडौं । एकाएक सरकार परिवर्तनको पक्षमा पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बन्नै लागेको गठबन्धन भत्कीएपछि हास्स्यव्यंग्य कलाकार दिपकराज गिरीले मिठो प्रहार गरेका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै धोकाको प्रकारहरु लेखाका छन् र प्रचण्डले कांग्रेसलाई दिएको धोका खुसबुरत धोका भनेका छन । उनको मुल्यांकन छ की प्रचण्डले कांग्रसलाई दिएको यो धोका सामाजिक सञ्जाल प्रयोगकर्ताको दबाबको प्रतिफल हो ।
उनले लेखेका छन् ‘ धोकाका धेरै प्रकार हुन्छन, ठाडो धोका, घुमाउरो धोका र खुसबुरत धोका । कमरेड प्रचण्ले कांग्रेसलाइ दिएको धोका चाहि खुबसुरत धोका हो । यो खुबसुरत धोकाका प्रायोजक ट्विटर, फेसबुक र जनदबाब ।’ गिरीले बुधबार पनि प्रचण्ड र देउवाको गठबन्धनका विपक्षमा स्टाटस लेखेका थिए ।


0 comments
Write Down Your Responses