प्रियंका चोपडाले विवाह नर्गनुको कारण यस्तो पो रहेछ ...!!
वैशाख ३० – बलिउड अभिनेत्री प्रियंका चोपडालाई बारम्बार सोधिने प्रश्न हो ‘विवाह कहिले गर्नु हुन्छ ?’ बलिउड तथा हलिउडमा आफ्नो कामले दर्शकको मन जितेकी प्रियंकाका प्रशंसक उनको विवाह कहिले हुन्छ भन्ने जान्न चाहन्छन् । प्रियंकाले यो प्रश्नको अहिलेसम्म कुनै जवाफ दिएकी छैनन् । तर उनकी आमाले यो प्रश्नको लगभग प्रष्ट जवाफ दिएकी छन् । प्रियंकाकी आमा मधु चोपडाले एक कार्यक्रममा भनिन् ‘प्रियंकाले समय मिल्ने बित्तिकै विवाह गर्ने छ ।’ विवाह गर्ने उमेर भएकाले अब प्रियंकाले विवाह गर्नु पर्ने आमा मधुले बताइन् ।
प्रियंकाले कहिल्यै पनि विवाह गर्दिनन् भन्ने कुरा सत्य नरहेको उनको भनाई छ । प्रियंकाकी आमा मधुले भनिन् ‘अहिले धेरैको वैवाहिक सम्बन्ध टुटेको देखेकी छु, मानिससँग एक अर्काका लागि दिने समय नहुँदा सम्बन्ध कमजोर बन्दै गएको छ ।’ प्रियंकाले यस्तो नर्गने आमा मधुको भनाई छ । आफ्नो सम्बन्धलाई बलियो बनाउन दिने पर्याप्त समय भएपछि प्रियंकाले विवाह गर्ने उनको भनाई छ । प्रियंकाले हरेक कामका लागि आफ्नो सतप्रतिशत प्रयास गर्ने भएकाले सम्बन्धका लागि दिन भरपुर समय भएपछि मात्रै विवाह गर्ने आमा मधुले स्पष्ट पारिन् ।
– एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses