काठमाडौं आइपुगिन बलिउड नायिका सोनाक्षी ....

काठमाडौं—बलिउड नायिका सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छिन् । शनिबार टुडिखेलमा हुने अमरपंक्षी कार्यक्रममा सहभागिता जनाउन उनी शुक्रबार अपरान्ह काठमाडौं आएकी हुन् । स्पोर्टी लुकमा उनी काठमाडौं ओलिएकी हुन् । उनले घुडामा काटिएको कालो पाइन्ट, सेतो सर्ट, कालो क्यापमा कालै चश्मा पहिरिएकी थिइन । नेपाल आउनुअघि उनले ट्वीटरमा लेखेकी थिइन्, ‘नेपाल सियु टुमारो टुडिखेल । राइजिङ फ्म द एसेस लेट्स डान्स ।’ कठमाडौं ओर्ले लगतै उनलाई आयोजकहरुले सोल्टी होटलमा पु¥याएका छन् । सोनाक्षीको सोल्टी मै बस्ने ब्यवस्था मिलाइएको छ । उनीसँगै अर्की बलिउड अभिनेत्री मलाईका अरोराले पनि कार्यक्रममा नृत्य गर्ने कार्यक्रम छ । उनी भने साँझ मात्र काठमाडौं ओर्लिने आयोजकले जनाएका छन् । भूकम्प पुनर्निर्माणमा सघाउन सैनिक श्रीमती संघ नेपाले उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा नेपाली नायिकाहरुले नृत्य गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses