फेरि सत्ता हस्तान्तरणको अर्को विवाद, एमाले भन्छ सहमति भएकै छैन, भएमोवादी भन्छ- भयो !!
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस पटक पार्टीमा विपक्षी दलका नेता जस्तै बनाइएका माधवकुमार नेपालकै कारण जोगिए । माधवकुमार नेपालको कुटील राजनीतिको पञ्जामा प्रचण्ड फस्दा ओलीको सरकार अझै केही महिनाका लागि थामिएको छ ।
अर्थात्, कांग्रेसको आडमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का पक्की हुँदा माधव नेपालले लगाएको आइडिया ले राम्रै काम गरेको छ । त्यसका लागि बामदेव गौतम फिल्डमै उत्रिनु परेको थियो भने नेपालले भित्री रुपमा चाँजो पाँजो मिलाए ।
यसरी सत्ता जोगाएको एमालेले एमाओवादीसँग बिहीबार मध्यराति ९ बुदेँ समझदारी गरेको छ ।
र यो समझदारी अनुरुप अब बढीमा छ महिनापछि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने र अहिलेका मन्त्रालयहरु साटिनेछन् ।
सायद, राजनीतिमा अको तीकडम र धोका भएन भने । यो कदम अर्थात ९ बुँदे सहमति पश्चात् बाम एकतालाई थप जोड पुगेको एमालेको विश्लेषण रहेको देखिन्छ । अनि उमाओवादीमा पनि केही नेता बाहेकले यस्तै भनिरहेका छन् ।
खासगरि कृष्णबहादुर महरा, वर्षमान पुन, चन्द्रप्रकाश खनाल बलदेव र जनार्दन शर्मा बाहेकका एमाओवादीहरु खुसी देखिएका छन् । र मध्यरातमा भएको यो सहमतिले अब राजनीतिमा नयाँ बाटो कोरेको उनीहरुको मुल्यांकन छ । अनि अब सरकारले गति लिने र जनताले महसुस गर्नेगरि काम अघि बढ्ने उनीहरुको दाबी छ ।
एमाले सचिव योगेश भट्टराई यो सहमति भन्दा बाहेक माओवादीसँग भित्री सहमति केही पनि नभएको दाबी गर्छन् ।
एमाओवादीहरुले सत्ता हस्तान्तरणको कुरा उठाइरहेका बेला एमाले सचिवको भने यस्तो धारणा आएको हो ।
उनले सहमतिको पहिलो बुँदामा राष्ट्रिय सहमतिको कुरा समावेश भएको र सहमतिका लागि मिलेर प्रयास गर्ने कुरा भएपनि सत्ता हस्तान्तरणका बारेमा बाहिर चर्चा र हल्ला भएजस्तो कुनै सहमति नभएको बताए । उनले ९ बुँदा बाहेक कुनै पनि भद्र या अभद्र सहमति नभएको र आजका दिनमा मुलकमा एमालेको नेतृत्व आवश्यक रहेको एमाओवादीले राम्रोसँग बुझेको बताए ।
‘संविधान कार्यान्वयन र आर्थिक सामाजिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने पहल गर्ने’ सहमतिको पहिलो बुँदामा उल्लेख छ । एमाओवादीका नेता दलजित श्रीपाइली भन्छन् यो आधारमै अब केही समय पछि अहिलेको ठिक विपरित अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र सत्ता समिकरणमा अहिले जे छ, सोहै अनुसार परिवर्तन हुने दाबी गर्छन् ।
उनका अनुसार ओलीको नेतृत्वमा बजेट आएपछि त्यसको कार्यान्वयन भने प्रचण्डको नेतृत्वमा हुने छ ।
तर, यो भद्र सहमति भए नभएको सहमति हुँदा बसेका नेताहरुलाई नै थाहा छ र भोलिका दिनमा उक्त कुरा खुल्दै जानेछ । एक पटकका लागि जोगिएको ओली सरकार र कम्युनिष्ट गठबन्धनले आम जनताका सामु देखिएका अभाव, महंगि, भ्रष्टाचार लगायतका समस्या समाधान गर्न सक्नु नै उनीहरुको सफलता हुनेछ ।


0 comments
Write Down Your Responses