National
»
सबैलाई हँसाउने दिपकराज गिरीले आमाकाे मुख हेर्ने दिन लेखे यस्तो भावुक स्टाटस
सबैलाई हँसाउने दिपकराज गिरीले आमाकाे मुख हेर्ने दिन लेखे यस्तो भावुक स्टाटस

काठमाडौं । आज मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन ।
आजको दिन आमा हुनेहरुले आमालाई आफ्नो क्षमताअनुसार विभिन्न मिष्ठान्न भोजन गराउने गर्छन् भने नहुनेहरुले मातातिर्थमा गई श्राद्ध गरी आमालाई सम्झने गर्छन ।
आमाभन्दा टाढा हुने तथा आमा नभएपनि आमाको तस्वीर हुनेहरुले सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर भएपनि आमालाई सम्झिए । तर आमाको फोटो समेत नहुनेहरुका लागि भने आजको दिन साँच्चै निरश हुन्छ ।
सधैं सबैलाई हसाउने चर्चित हाँस्य कलाकार दिपकराज गिरीले आफ्नो स्टाटसमा यही कुरालाई इङ्गित गर्न खोजेका छन् ।
उनले लेखेका छन्, ‘आमाको अनुहार याद छैन मलाई, फोटो पनि छैन हेर्नलाई । तर एउटा फोटो भेटे एल्बममा आज, सबै आमाहरुको पनि आमालाई देखे…आमा त आमा नै हुन् ।’

0 comments
Write Down Your Responses