सरकार ढाल्ने खेलमा देउवा लागेपछि कांग्रेसमा फेरी अर्को लफडा .....
काठमाडौ । पार्टीभित्र परामर्श नै नगरी सरकार ढाल्ने खेलमा लागेकै कारण असफल भई पार्टीकै बदनाम भएको भन्दै कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ ।
बरिष्ठ नेता पौडेल पक्षधरले शुक्रवार भेला गरी देउवाको कारण पार्टीको शाख नराम्रोसँग गिरेको भन्दै चर्को आलोचना गरेका छन् । पौडेल पक्षधर नेताले सरकार परिवर्तनको प्रयासबारे पार्टी नेतृत्वले पार्टी्भित्र छलफल नगरेको भन्दै आपत्ति जनाएका हुन ।
सभापतिले आफूहरुलाई कुनै जानकारी समेत नगराएको भन्दै यस्तो कार्यशैलीबाट पार्टी अघि नबढ्ने निष्कर्ष समेत पौडेल पक्षले निकालेको छ ।
पौडेल पक्षधर नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, आनन्द ढुंगाना, दिलबहादुर घर्ती, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायत २० बढी केन्द्रीय सदस्यले शुक्रवार काठमाडौंमा भेला गरी देउवाविरुद्ध खनिएका हुन् । आजको राजधानीमा समाचार छ ।


0 comments
Write Down Your Responses