सनी लियोनी ३५ वर्ष पुग्दा ८७ करोडको सम्पत्ति ...

मुम्बई । पोर्नस्टार एवम् बलिउड नायिका सनी लियोनी ३५ वर्षकी भएकी छिन् । पोर्न फिल्म खेलेर नाम र पैसा कमाएकी सनीको माग बढ्दो छ । उनले खेलेका अधिकांश बलिउड फिल्महरू हिट भएका छन् । ती फिल्महरूले राम्रो पैसा पनि कमाएका छन् । सनीले लेखेको ‘स्वीट ड्रिम्स’ नामक किताबले पनि राम्रो पैसा कमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सनी लियोनी शुक्रबारबाट ३५ वर्ष पूरा गरेकी छिन् । उनको जन्म १३ मे १९८१ मा क्यानडाको ओन्टारियोमा भएको हो । सनी लियोनीले बलिउडको ४ वर्षको यात्रामा नाम र पैसा पनि कमाएकी छिन् । सनी लियोनीको एउटा फिल्मले ४ करोड रुपियाँसम्म कमाउने गरेका छन् । अहिले सनी लियोनीसँग ८७ करोड भारतीय रुपियाँ बराबरको सम्पत्ति रहेको जनाइएको छ । सनीलाई फिल्मको एक्टिंगका साथै कमाईका थुप्रै क्षेत्रबाट कमाउने गरेकी छिन् । सनीले पोर्न फिल्म खेल्न छाडिसकेकी छिन् । तर उनका पहिलेका पोर्न फिल्महरू अहिले पनि अत्याधिक बिक्री हुन्छन् । उनको एडल्ट वेबसाइटबाट पनि कमाइ हुने गरेको छ । – एजेन्सी

0 comments

Write Down Your Responses