ऋषि धमलाले भने, ‘मलाई हृदयघात भएको होइन’
ऋषि धमललाई हृदयघात नभएको क्लवका महासचिव शशि कोइरालाले बताएका छन् ।
क्लवका महासचिव कोइरालाले विज्ञप्ति जारी गरेर अध्यक्ष धमललाई छातीमा अप्ठ्यारो महसुस भएपछि अस्पताल भर्ना गरेर उपचार गराइएको बताएका छन् ।
‘उहाँको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालसहित सञ्चारमाध्यमहरूमा विभिन्न किसिमका सूचना प्रवाह भएकोप्रति क्लबको गम्भीर ध्यान आर्कषित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई समाचारमा भनिएजस्तो हृदयघात नभएको क्लब स्पष्ट पार्न चाहन्छ ।’
यसैबीच, थापाथलीस्थित एक अस्पतालमा उपचार गराइ रहेका अध्यक्ष धमलाको स्वास्थ्यमा सुधार भएपछि बिहीबार डिस्चार्ज गरिएको छ । धमलाको उपचारमा संलग्न चिकित्सकहरूले सबै परीक्षण गरेर स्वास्थ्यमा सुधार पाएको रिपोर्ट हेरेपछि डिस्चार्ज गरेका हुन् ।
अध्यक्ष ऋषि धमलालाई छातिमा अप्ठ्यारो महसुस भएपछि स्वास्थ्य परीक्षणको लागि बुधवार साँझ काठमाडौंको थापाथलीस्थित सुविधान सम्पन्न र महँगो अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा चिकित्सकहरूको सल्लाहमा स्वास्थ्य परीक्षणको लािग धमला सीसीयूको बेडमा रहेका थिए ।
बुधवार एस टीभीमा ‘एसटीभी टक सो’मा अन्तर्वार्ता लिने क्रममा धमलाको छातीमा केही भारी भएजस्तो भएकाले उनी कार्यक्रम सकेर आफै अस्पताल पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।


0 comments
Write Down Your Responses