बेल्जियममा रामकुमार झाँक्रीको कार्यक्रममा झडप, प्रहरी हस्तक्षेप

ramkumari-jhakriधर्मराज अधिकारी बेलिज्यम, ३१ वैशाख । नेकपा (एमाले)को प्रवासस्थित भातृ संगठन एनडीएफ बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । एनडीएफ बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजेतिर स्थानीय प्रहरी हलमा प्रबेश गरेको थियो । स्रोतका अनुसार अधिबेधनमा नेतृत्वका लागि विनोद न्यौपाने र बोधराज पौडेलले उम्मेदवारी दिएका थिए । सहमतिको प्रयासबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनको माध्यामबाट नेतृत्व चयन गर्नुपर्नेमा कार्यक्रममा सहभागी हुन आएकी एमाले नेतृ रामकुमारी झांक्रीले निर्वाचन प्रकृया रोकेको आरोप छ । अधिकांश सदस्यहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि झंक्रीले निर्वाचन सम्पन्न हुन नदिएको आरोप लागेको छ । नेतृत्व चयनका लागि एनडीएफ बेलायतका अध्यक्ष रामशरण सिंखडा, पोर्तुगलका प्रतिनिधि गोविन्द पौडेल र इटालीका प्रतिनिधी सम्मिलित अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्षमण्डलले पनि निर्वाचन सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि अधिबेशन स्थगित भएको हो । निर्वाचन प्रकृयामा जाँदा अध्यक्षका उम्मेदवारमध्य बोधराज पौडेलले जित्ने सम्भावना भएपछि नेपालबाट आएकी नेतृ झांक्री लगायत अध्यक्ष मण्डलका साथीहरु झस्किएको स्रोतको भनाइ छ । निर्वाचनमा हार हुने अवस्था देखेपछि अध्यक्षका प्रत्यासी विनोद न्यौपानेका समर्थकले निर्वाचन कार्यक्रममा भाँजो हालेको आरोप छ ।

0 comments

Write Down Your Responses