दुई वर्ष अघि मरेकी श्रीमतीले टेलिभिजनमार्फत श्रीमानलाई खोजेपछि ...!!
एउटा दुर्घटनामा श्रीमतीको मृत्यु भएपछि कपडामा बेरिएको लासलाई उनले इस्लामी रीतिरिवाज अनुसार अन्तिम संस्कार गरेका थिए । कासाब्लांका का अस्पतालका डाक्टरहरुले उनलाई उनको श्रीमतीको गम्भीर चोट लागेका कारण देहान्त भएको बताएका थिए ।
त्यसो भए तिनकी श्रीमती कसरी टेलिभिजनमा देखा परिन त ?
जुन महिलालाई सिंगो परिवारले मृत मानेको थियो, वास्तवमा तिनी मर्दै नमरेको कुरा पछि खुलासा भयो । दुर्घटनामा उनी घाइते मात्रै भएकी रहिछन् ।
मिरर अनलाईनमा प्रकाशित समाचार अनुसार “मृत्यु” भएको दुई वर्षपछि परिवार सँगै बसेर चर्चित टिभी शो “अल मुजाफन” हेर्न बसेको बेला अबराहकी पत्नीले शोमा आफ्नो श्रीमानसँग सम्पर्क गर्न खोजेको बताईन ।
अबराहले भने पछि मात्रै यो कुरा थाहा पाएपछि पुरै घटनाको जाँच पड्ताल गरेको खबर छ । अबराहले दिएको अन्तर्वातामा उनले आफूले अन्तिम संस्कार गर्दा शरीर र अनुहार नहेरेको बताए । डाक्टरले श्रीमतीको मृत्यु भएको बताएर कपडामा बेरिएको लास दिएपछि त्यसलाई ताबुतमा राखेर गाडियो, उनी त जिउँदै रहिछन्” अबराहले भनेका छन् ।
पछि सोधपुछ गर्दा अबराहकी श्रीमती दुर्घटनापछि होस गुमाएर अजीलाल नामक सानो पहाडीमा शहरमा दुई वर्ष बसेको थाहा भयो ।

0 comments
Write Down Your Responses