हवाइजहाजमा गरिएको दिशापिशाव कहाँ जान्छ?
एजेन्सी । कहिलेकाहिँ तपाइलाइ लाग्न सक्छ ट्रेनमा गरिएको सौच त लिकमै छोडिन्छ भने हवाइजहाजमा गरिएको दिशापिशाव कहाँ जान्छ होला? तपाइलाई लाग्न सक्छ हवाइजहाजमा गरिएको दिशापिशाव हावाबाट तल जमिनमा आइ खस्छ र त्यो पुरै बरफ भएर जम्छ । तर यस्तो चाहीँ हुँदैन ।यसको जवाफ हामीसंग छ ।
खासमा हवाइजहाजमानै फोहर पदार्थ जम्मा गर्नको लागि २ सय लिटरको ट्याङी जडान गरिएको हुन्छ । एउटा भ्याकुमले शौचको ठोस दिशालाई एकतिर र तरल पदार्थलाई अर्कोमा जम्मा गरिदिन्छ । ठोस पदार्थचाहिँ ट्याङ्कीमा गएर बस्छ ।
यस्ता ट्याङ्कीहरु हवाइजहाजको स्टेसन आएपछि कर्मचारीहरुले सफा गरि खाली गर्छन् र अर्को उडानको लागि फेरी तयार गर्छन् ।


0 comments
Write Down Your Responses