हिन्द महासागरमा चीनलाई यसरी घेरा हाल्दैछन् भारत र अमेरिका

Shipकाठमाठौं, २३ वैशाख । हिन्द महासागरको विवादित क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाउँदै गएको छ । र अब यो प्रभावलाई रोक्न भारत र अमेरिका आधुनिक पानी जहाजसहित समुद्रमै उत्रिने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले प्रभाव बढाएको क्षेत्रमा परमाणु पानीजहाज पनि पठाएको छ । जो भारतका निकै खतरापूर्ण छ । यसैकारण भारत अमेरिकासँग मिलेर समुद्रमा गस्ती गर्ने तयारीमा पुगेको हो । चीनको बढ्दो प्रभावले चिन्तित रहेको अमेरिका पनि भारतसँग मिलेर चीनलाई समुद्रमै घेर्न तयार भएको छ । यसका लागि अमेरिकाका आधुनिक पानीजहाज प्रयोग गरिनेछ । जसमा अत्याधुनिक हतियार हुनेछन् । यी दुबैले समुद्रमा चीनको गतिविधिलाई पनि नियाल्नेछन् । अमेरिकासँग भएको एन्टी सबमरीन वारय फेयरको अनुभव पनि भारतले प्रयोग गर्न खोजिरहेको छ । चीनका जहाजमाथि निगरानी राख्नका लागि भारतसँग पी–८ जस्ता मेरीटाइम रिकन्सन्स सर्विलैन्स एयरक्राफ्ट्स पनि छन् । एन्टी सबमरीन वारफेयरले समुद्रका हरेक आवाजलाई पत्ता लगाउने गर्छन् । कुन जहाज कहाँ छ भनेर सिग्नल समेत देखाउँछ । यसको प्रयोग अमेरिकाले मात्रै गर्नसक्छ । भारत र अमेरिकाले मिलेर गर्ने गस्तीमा यसको प्रयोग गरिने समाचारमा उल्लेख छ । भारतको रक्षा मन्त्रालयका अनुसार यो गस्तीमा जापानले पनि भाग लिनसक्नेछ । पछिल्लो समय चीनले हिन्द महासागरका टापुहरु कब्जामा लिने र समुद्रमा कृत्रिम टापुहरु निर्माण कार्यलाई तिव्रता दिएको छ । विश्वकै अर्थतन्त्रमा महाशक्ति बन्ने दौडमा रहेको चीनलाई रोक्न भारतले अमेरिकासँग हात मिलाएपछि विवाद झनै चुलिएको छ । अमेरिकाले पनि बेला बेला चीनको यो कदमप्रति चिन्ता जनाउँदै आएको छ ।

0 comments

Write Down Your Responses