सेक्सी इज एटिच्युड : प्रियंका कार्की

ऐना कत्तिको हेर्नु हुन्छ ?’ 

अनायास एउटा बकम्फुसे प्रश्न मेरो मुखबाट निस्कियो । ‘हेर्छु, किन र ?’ 
 ‘ऐना हेर्दा आफूलाई कत्तिको सेक्सी पाउनुहुन्छ ?’ सेक्सी छु कि छैन भनेर चेक गर्न ऐना हेर्दिन । पर्समा ऐना हुन्छ । गाजल लत्पतियो कि, लिपिस्टक पुछियो कि, कपाल बिग्रियो कि भनेर हेर्ने हो ।’ ‘मान्छेहरुले सेक्सी भन्दा कस्तो लाग्छ ?’ ‘रमाइलो लाग्छ । यसमा दु:खी हुनुपर्ने के छ ? म त यसलाई कम्पिलमेन्टका रुपमा लिन्छु । आफ्टरअल केटी हुँ ।’ ‘तपाईंको परिभाषामा सेक्सी भनेको के हो ?’ ‘सेक्सी भनेको अटिच्युड हो । छोटा लुगा लगाउँदैमा सेक्सी भइदैन । 
एटिच्युडले क्यारी गरेको छ भने साडी र कुर्ता-सुरुवालमा पनि सेक्सी देखिन्छ । म देशै खाइदिन्छु भन्ने एटिच्युड हुनुपर्छ, जे लुगा लगाए पनि हुन्छ । ‘त्यसो भए तपाईं सार्वजनिक स्थानमा प्रायः किन रिभिलिङ ड्रेस लगाउनुहुन्छ ? साडी र कुर्ता सुरुवालमा कन्फिडेन्स नभएर होइन ?’ यो प्रश्नमा प्रियंकाले सानोतिनो भाषण नै गरिन् । महिलावादीहरु कोही थिए भने कति ताली पिट्थे होलान् । ‘म ठाउँ र सिचुएसन हेरेर ड्रेस चुज गर्छु । रिभिलिङ ड्रेस लगाउनु मेरो कन्फिडेन्स हो । आफ्नो शरीरलाई सुहाउनेसम्मको एक्सपोज गर्छु । यो अरुका लागि बहसको विषय नै होइन । भोलि बिकिनी लगाएर बाटोमा हिँड्न मन लाग्यो भने हिँड्छु । मेरो कन्फिडेन्सको कुरा हो । मैले कसैलाई केही प्रुभ गर्नु छैन ।
 मेरो शरीर हो, मेरो पैसा हो, मेरो इज्जत हो । कुन ठाउँमा के लगाउँदा ठीक हुन्छ त्यो मलाई थाहा छ । कसरी आफूलाई ठीक तरिकाले प्रिजेन्ट गर्ने भन्ने म आफैँ जान्दछु । कसैलाई सोध्नुपर्दैन । हलिउड-बलिउडमा यस्तो प्रश्न कहिल्यै सोधिँदैन, किनकि त्यहाँ सबैले रिभिलिङ ड्रेस लगाउँछन् । ब्याक लेस गाउन र छोटोे स्कर्ट त्यहाँ नर्मल हो । त्यहाँ कसको ड्रेसअप सेक्सी भन्ने कम्पिटिसन हुन्छ ।
 यहाँ धेरैले यस्तो ट्राइ गर्दैनन् । ट्राइ गर्नेले पनि कन्फिडेन्ट्ली क्यारी गर्न सक्दैनन् । क्यारी गरे पनि टेस्ट र स्टाइल हुँदैन । त्यसो हुँदा नन-ग्ल्यामरस र भल्गर देखिन्छ । आफ्नो बडी आफ्नो पोस्चर र कन्फिडेन्सको साथमा सेक्सी लुगा क्यारी गर्न सक्नुहुन्छ भने त्यो कम्प्लिमेन्ट हुन्छ । म चाहन्छु, मेरो ड्रेसमा अरुले इन्जोइ गरुन्, प्रश्न होइन ।’ उनको धाराप्रवाह भाषण चलिरहँदा मलाई धारामा गएर नुहाएर आउँ कि जस्तो पनि भएको थियो । तर ‘कम्पोज्ड’ भएर बसेँ । सौन्दर्यमा सचेत आफ्नो तन-बदनको सौन्दर्यमा प्रियंका निकै सचेत छिन् । हिरोइन भएपछि हिरोइन जस्तो देखिनुपर्छ भन्ने मान्यता छ उनको । सुटिङ नभएका बेला टाइममा सुत्ने र टाइममा उठ्ने गर्छिन् । (केपी ओलीले भनेजस्तो, म सुत्दा पनि एउटा टाइम हुन्छ, उठ्दा पनि टाइम हुन्छ भन्न खोजेकी होइनन् ।) उनी दैनिक तीन-चार लिटर पानी पिउँछिन् । जिम जान्छिन्, एक्सरसाइज गर्छिन् । बेसी मेकअप गरेर हिँडि्दिन । घरमा सानो जिम स्टुडियो छ । त्यसमा हल्का व्यायाम गर्छिन् । सोडा खान्निन् । बेभरेजहरु खान्निन् । फ्राइड फुड, जंक फुड खान्निन् । बोइल्ड फुड र सुप बढी खान्छिन् । ‘बेलुका सात बजेपछि म केही खान्नँ’ उनले सुनाइन् । ‘सात बजेपछि केको व्रत सुरु हुन्छ ?’ मैले सोधेँ । ‘ब्रत होइन । राति सुत्नुभन्दा अगाडि केही घन्टा पेट खाली हुनुपर्छ । सुत्दाखेरि हामीले थाहा नपाउने गरी म्याक्सिमम फ्याट बर्न हुन्छ । नत्र डाक्टरलाई सोध्नुस् त ।’ पूर्वपतिसँग भेट लामो समयदेखि प्रियंका सिंगल छिन् । असफल दाम्पत्य सन्वन्धको छायाले उनलाई कत्तिको पछ्याइरहेको होला ? ‘अहँ’ उनले ठाडै इन्कार गरिन्, ‘त्यो सम्वन्ध इतिहास भइसक्यो । त्यसबारे सोच्ने टाइम छैन मसँग ।’ पूर्वपतिसँग हालसालै उनको भेट भएको रहेछ, काठमाडौंमै । यो उनी आफैंले बताइन् । ‘उहाँसँग मेरो नराम्रो सम्वन्ध अहिले पनि छैन । फेसबुकमा कुरा हुन्छ । केही दिनअघि काठमाडौं आउनुभएको थियो । मैले भेटेकी थिएँ,’ प्रियंकाले सुनाइन् । साथीको रुपमा भेट भएको र विगतका कुराहरु दुवै जनाले नकोट्याएको उनको भनाइ छ । प्रियंकाको भनाइमा सिंगल लाइफका फाइदै फाइदा छन् अरे । जस्तो, कहाँ गएकी थिइस्, किन ढीला आइस्, कहाँ जान ठिक पर्दैछेस्, अहिले कहाँ छेउ… यस्ता यावत प्रश्नहरु उनले झेल्नुपर्दैन । ‘आफ्नो तरिकाले काम गर्न पाएकी छु, १०० प्रतिशत काममा फोकस हुन सकेकी छु, कसैलाई आन्सर दिनु परेको छैन ।’ ‘तर, जिन्दगी त निकै लामो छ, यसैगरी त सँधै नचल्ला नि ? ‘मैले फेरि बिहे हुनै सक्दैन भनेको छैन । लाइफमा सेटल डाउन गर्न त कसलाई मन लाग्दैन र मेरो प्रोफेसनलाई माया गर्ने, मेरो लाइफ स्टाइललाई स्वीकार गर्ने, मेरो कामलाई सम्मान गर्ने र मलाई जस्ताको तस्तै स्वीकार गर्ने केटो पाएँ भने ह्वाइ नट ? तर म प्रकृतिको नियम पुर्‍याउनका लागि र सोसाइटीलाई देखाउनका लागि मात्रै आफ्नो जीवनसँग कम्प्रोमाइज गरेर अभियस्ली बिहे गर्ने छैन । मेरा लागि सबैभन्दा पहिलो शर्त मेरो ह्यापीनेस हो ।’ अनलाइनखबरबाट साभार |

0 comments

Write Down Your Responses