सरकार फाल्न नयाँदिल्लीमा यसरी भएको रहेछ सहमति ...
काठमाडौं, २२ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमण, त्यसअघि नेपालकै सबभन्दा ठूलो पार्टीका सभापति शेरबहादुर देउवाको दिल्ली र लगत्तै आकस्मिक रुपमा पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको दक्षिणी निम्तो ।
सत्तारुढ भारतीय जनता पार्टी र उसको हिन्दू धर्म प्रचारार्थ गठित जनसंगठन ‘आरएसएस’का महासचिव राममाधवसँग पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री देउवाको भेटवार्ता । अनि, एमाओवादी स्थायी समिति बैठकमा वर्तमान सरकारको विकल्प खोज्नेबारे बहुमतको राय । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
के मुलुकले नयाँ कोसै समात्न लागेको हो ? या भारतले नेपालको हकमा हिन्दूधर्म र राजतन्त्रको कार्ड खुला नै छ है भनेर नेपालका नेताबीच त्रासद् मनोविज्ञान छाडिदिएको हो ? देउवाले फर्कनासाथ आफू र आफ्नो पार्टीको नेतृत्व नै चाहिन्छ भन्ने छैन, जे भए पनि चल्छ ।
तर, यो सरकरको विकल्प हुनैपर्छ भनि किचन क्याबिनेटमा चलाएको चर्चा यदि गलत होइन भने अब एमाओवादीलाई उकासेर ओली सरकारबाट समर्थन फिर्ता लिन लगाउने र प्रचण्डलाई मधेसी, कांग्रेससहित दुई तिहाईको समर्थन पुग्ने आश्वासनसहित सत्ताको प्रलोभन देखाउने खेल सुरु हुनेछ ।
स्थानीय निकायको निर्वाचन मिलेर लड्ने र दलीय एकताको आधारमा यो संविधान कार्यान्वयन गर्ने कम्युनिष्टबीचको सहमति धरापमा पर्न लागेको आशंका एउटा कोणबाट उठ्न थाले पनि तत्कालै राजनीतिक उथलपुथलको सम्भावना भने देखिन्न ।
किनकि, यसो गर्नु मुलुक थप अस्थिरतातर्फ अग्रस हुनु हो । नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र थिलथिलो बन्न पुगेको अवस्थामा विकास निर्माणका कार्य यसैकारण ओझेलमा पर्न गएका छन् ।


0 comments
Write Down Your Responses