मधेसी मोर्चाका नेता भन्छन्- ओली सरकार अन्तर्राष्ट्रिय रुपमै असफल भो, प्रचण्डलाई…

काठमाडौ, २३ वैशाख । मधेसवादी दलका एक जना नेताले मधेसका माग सम्बोधन नभएसम्म कुनै पनि सरकारलाई सहयोग नगर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको माग संबोधन नहुँदा सम्म कुनै पनि सरकारमा नजाने स्पष्ट पार्दै अहिले सहमतिको सरकारको कुरा गाँजरको बासुरी बजाउनु जस्तै भएको टिप्पणी गरे ।उनले सरकारको भागबण्डाको खेलमा अहिले प्रचण्डले प्यादाको भूमिका खेलेको भन्दै उनको नेतृत्वमा सरकार बनेपनि मधेसी मोर्चा सरकारमा नजाने र सहयोग पनि नगर्ने स्पष्ट पारे ।
 यादवले भने, ‘यो सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा असफल भईसकेको छ । यो सरकारले समस्याको समाधान खोजेको छैन, कांग्रेस गएपनि हामीलाई उत्साह छैन । हामी सरकार बनाउने र ढाल्ने खेलमा छैनौ । कांग्रेस, एमाले र माओवादी हाम्रो लागि एउटै कित्तामा छन ।’ आफूहरु संसदमा रहेकोले सरकार निर्माणमा पक्ष वा विपक्षमा मत हाल्नु स्वभाविक भएको भन्दै अहिले जति दावी गरे पनि सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गरे । यद्यपि उनले कांग्रेस, एमाले र एमाओवादी मिलेर सरकार बनाउँदा मधेसको मुद्दा समाधानमा भने केही सहजता हुन सक्ने तर्क गरे ।

0 comments

Write Down Your Responses