प्रधानमन्त्रीले पानी जहाज चलाउछु भनेपछि बाबुराम तात्तिए, दिए कडा जवाफ
काठमाडौं, ४ जेठ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्रीको महत्वाकांक्षी योजनामा कडा जवाफ फर्काएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने आफ्नो योजना सार्वजनिक गरेका थिए । उक्त योजना सार्वजनिक भएलगत्तै बाबुराम तात्तिँदै ट्वीट गरेका छन् उनले भनेका छन्: ‘प्रधानमन्त्रीले रेल–पानी जहाज दिनुभन्दा पहिला काठमाडौं लगायत सहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने की ? फराकिलो पारिएका सडकमा ट्राफिक जाम उस्तै जो छ !’
आफ्नो ट्वीटबाट बाबुरामले आफूले फराकिलो बनाएको काठमाडौंका सडकमा सार्वजनिक बस नचल्दा बढेको ट्राफिक जामप्रति चिन्ता समेत जनाएका छन् ।
यसअघि प्रधानमन्त्रीले पाइपबाट घर घरमा ग्यास पुगाउँछु भन्दा बाबुरामले ओलीको खोइरो खनेका थिए ।
प्रधानमन्त्री ओलीले आज सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने र हिन्द/प्रशान्त महासागरमा नेपाली झण्डासहितको पानी जहाज चल्ने घोषणा गरेका थिए ।
dainiknepal

0 comments
Write Down Your Responses