नरेन्द्र मोदी भेटेर फर्किए महन्थ ठाकुर, के होला दिल्लीको सन्देश ?

काठमाडौं, ४ जेठ । संघीय गठबन्धनको एक घटक तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दुई साता लामो भारत भ्रमणपछि स्वदेश फर्किएका छन् । उपचारका लागि भन्दै वैशाख २३ गते दिल्ली गएका ठाकुरले राजनीतिक भेटघाट गर्नसमेत भ्याएका थिए । उनले नयाँदिल्लीको मेदान्त अस्पतालमा घुँडा र मुटुको उपचार पनि गराएका छन् । मंगलबार काठमाडौं आइपुगेका ठाकुरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विपक्षी दलका नेताहरु लगायतका राजनीतिकर्मीसँग भेट गरेको तमलोपाका सांसद् केदारनन्दन चौधरी जानकारी दिए । संघीय गठबन्धनको राजधानीकेन्द्रीत आन्दोलन चलिरहेका बेला दिल्लीका शासकहरुसँग उनको भेटलाई निकै महत्वका साथ हेरिएको छ । के होला दिल्लीको सन्देश ? स्रोतका अनुसार राजधानी केन्द्रीत आन्दोलन गरिरहेको गठबन्धनका लागि मोदीले ठाकुरमार्फत दुई वटा सन्देश पठाएको छ । एउटा त अहिलेको आन्दोलनबाटै माग पूरा गराउने र दोस्रो भनेको सरकार ढाल्ने । यी दुबै मुद्दामा भारतले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसका लागि भारतले कांग्रेसलाई सदनमा र गठबन्धनलाई सडकमा आन्दोलन दबाब समेत दिइरहेको खबरहरु आइरहेका छन् ।

0 comments

Write Down Your Responses