बालुवाटारमा राति एमाले र एमाओवादीबीच ९ बुँदे सहमति, के-के छन् ? (सूचीसहित)

काठमाडौं, २३ वैशाख । सत्तारुढ नेकपा एमाले र प्रमुख साझेदार एकीकृत नेकपा माओवादीबीच ९ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार राति सम्पन्न बैठकमा दुई दलबीच ९ बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । जसमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने, सशस्त्र द्वन्द्वकालिन मुद्दा फिर्ता, माफी, मिनाहाको प्रक्रिया अविलम्ब अगाडि बढाउने, भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कार्य द्रुत अगाडि बढाउने, यसका लागि स्वयं सेवक परिचालनसहित राष्ट्रिय अभियान सञ्चालन गर्ने, संघीयताका विषयमा तराई मधेस केन्द्रीत समेका कतिपय राजनीतिक दलले उठाएका विषयमा छलफल राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने सहमति भएको छ । वर्तमान सरकार परिवर्तन गरी आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेपछि दुबै दलबीच असमझदारी हटाउन बैठक बसेको थियो ।यस्तो छ एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमतिः9_points_statement_UML&UCPNM

0 comments

Write Down Your Responses