सरकार ढाल्ने खेलप्रति गायक पशुपति शर्मा यसरी अक्रोशित भए ....
गुल्मी । हालै नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।
राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् ।
बुधवारबाट सरकार ढल्नेबारे चर्चा बाहिर आएपछी बिहीवार बिहानै उनले सामाजिक संजाल फेसबुकमार्फत नेताहरुलाई खबदारी गरेका हुन । राजनीतिबाट जनताले पाएका दुःख कष्टसम्मका खबदारी गरेका छन् ।
गायक शर्माले नेतालाई गरेको खबदारी:
ओए पापी नेता हो सरकार मात्रै फेर्छस् ?
दुःखी गरिब जनताको पिंडा कहिले हेर्छस ?
भूकम्पमा पर्नेहरु अझै त्रिपाल मुनी
तिमी पापी नेताले त जे गरेनी हुनी
हाम्रो वास्ता छैन अझै मनपरी गर्दै हिन्छस्
आन्दोलनमा गोली थाप्ने हामी नै हो चिन्छस ?
ओेए पापी !
नाकाबन्दी भयो तेत्रो कतातिर पसिस् ?
तेरा घरमा ग्यास भ्याईएर कहिल्यै भोको बसिस् ?
तलाई चईन छ दुःखकष्ट हाम्लाई खनाई दिईस
स्वर्ग जस्तो नेपाललाई नर्क बनाईदिईस
ओेए पापी !!
आगलागीमा परेर जनता घर न घाटका भाछन्
तैले कहिल्यै सोचेको छस् के गरेर खाछन् ?
सबै मिली जनतालाई हेर्, किन कुर्सी हेर्छस् ?
हाम्रो दुख फेर्दे अब किन सत्ता फेर्छस् ?
ओए पापी !!!
हेर्नुस् फेसबुकमा गायक शर्माको आक्रोशः


0 comments
Write Down Your Responses