जहाँ एस्तो ठाउँ छ युबतिहरुलाई येसरी वेश्या बन्ने तालिम दिइन्छ .....

इलाहाबाद, २० वैशाख । यूपीको मीरगंज पुलिसले सेक्स रैकेट (सेक्सको कारोबार हुने अड्डा)मा छापामारेर थुप्रै विवाहित महिला र युवतीको उद्दार गरेको छ । करीब दुई सय घरमा सेक्स कारोबार गर्दै आएका ७५ जनाभन्दा बढी महिला र युवतीहरुलाई प्रहरीले सो स्थानबाट उद्दार गरेको जनाएको छ । विवाहित महिलासँग उनीहरूका सानासाना बालबालिका पनि ग्राहक खोज्ने कार्यमा लागेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४५ कोठी संचालिकासहित १० पुरुषलाई पनि प्रहरीले नियन्त्रामा लिएको छ । उनीहरूलाई कडा कारबाही सुरु गरिएको छ । प्रहरीले सो स्थानमा छापामार्ने वित्तिकै महिला र युवतीहरूलाई आफूलाई लुकाउने प्रयास गरेका थिए । तर, प्रहरीले सबैलाई खोजेर उद्धार गरेको उल्लेख गरेको छ । यो स्थानमा महिला र युवतीहरूलाई छ महिनासम्म यौनकार्यमा संलग्न गराइ रेड एरिया पठाउने गरेको खुला भएको थियो । समाचारमा जनाइए अनुसार मीरगंजमा महिला र युवतीलाई वेश्यावृतिमा कसरी लगाउने भनेर तालिम दिने गरेको उल्लेख छ । – एजेन्सी सहयोग मा

0 comments

Write Down Your Responses