आफ्नै बहिनी बलात्कार गर्ने दाजु पक्राउ

कोहलपुर- वर्षौदेखि आफ्नै बहिनी नाता पर्ने दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्दै आएका २२ वर्षीय युवकलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। सुर्खेत भेरीगंगा-५ घर भई बाँके नौवस्तामा आफ्नै अंकलको घरमा बस्दै बहिनीलाई करणी गर्ने २२ वर्षीय समीर सार्की पक्राउ परेका हुन्। उनले २०७२ साउन १७ गते २०७२ चैत १४ सम्म ती बालिकालाई करणी गर्दै आएको पाइएको छ। प्रहरीले आइतबार सार्कीलाई सुर्खेतबाट पक्राउ गरेको हो। लामो समयदेखि घरमा दाई नातेदारबाट करणीमा पर्दै आएका बालिका एक्कासी बिरामी भएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर बस्नेतले बताए। ‘बालिका बिरामी भएपछि कोहलपुर र नेपालगन्जमा उपचार सम्भव नभएपछि काठमाडौंमा उपचारको क्रममा बलात्कृत हुँदै आएको पाइयो,’ उनले भने। पीडित बालिकाले अस्पतालका डाक्टरसँग दाईले करणी गर्दै आएको बताएपछि समीरलाई पक्राउ गरिएको हो। पीडित बालिकाका आमाबुवाले वास्तविक थाहा पाएपछि आइतबार कोहलपुर प्रहरीमा सार्कीविरुद्ध जाहेरी दिएका थिए। पक्राउ परेका सार्की एक वर्षदेखि अंकलको घरमा बस्दै गाडी सहचालक काम गर्दै आएका थिए। बालिकाका आमाबुवा कामको सिलसिलामा घरबाहिर गएको बेला करणी गर्ने गरेको पाइएको डिएसपी बस्नेतले जानकारी दिए। वर्षौदेखि करणीको सिकार हुँदै आएकी बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। उनको अहिले काठमाडौंमा उपचार भैइरहेको छ।नागरिक न्युज बाट

0 comments

Write Down Your Responses