मरेर बाँचेका युवकले यसरी बताए मृत्युपछिको यो सत्य !!!
काठमाडौं । तपाईले कहिलेकाँही मानिसहरुले कुनै व्यक्ति मरेर फेरि जिउँदै भएको कुरा गरेको सुन्नु भएको होला ।
तर तपाई हामीलाई यस्तो कुराको विश्वास लाग्दैन । तर एक भारतीय युवाले यसलाई सत्य भएको दावी गरेका छन् ।
मृत्युको ५२ सेकेण्डपछि फर्किएका १८ वर्षीय युवकले आफूलाई ठूलो गाडीले ठक्कर दिएर ५ प्रतिशत बाँच्ने आशामा अस्पताल लगेको र ८ वटा अपरेशन गरेको तर मृत्युलाई जित्न नसकेको बताएका छन् ।
उनले आफूले मृत्युपछि सबै अन्धकार देखेको र आफूलाई हजुरआमाले पटक पटक बोलाएको र आफू आवाज दिने अवस्थामा नरहेपनि जोडले आवाज निकाल्ने कोशिस गरेको बताएका छन् ।
त्यसलगत्तै आफूले दोस्रो पटक धर्तीमा श्वास फेरेको र त्यसअघि आफूले हजुरआमा मुस्कुराइरहेको र आफूलाई धकेल्ने कोशिस गरिहेको देखेको बताएका छन् ।
आफू त्यसबेला कोमामा नै रहेको पनि उल्लेख गरेका छन् । त्यसबेला आफूलाई जन्मदेखि १८ वर्षसम्मका सबै कुराहरु आँखामा तस्वीर बनेर आएको उनको भनाई छ ।
‘यस समय म मेरो शरीरले मेरो साथ छोडिदिएको थियो, तर आफ्नाो जिन्दगीको त्यो क्षरणलाई दोस्रोपटक हेर्न मेला लागि धेरै दुःखद थियो,’ उनले भनेका छन् ।
उनले आफूले डाक्टरको उपचारले आफूले २२ औं दिन हलचल गर्न सकेको र ३६ दिनको अस्पताल बसाईले आफ्नो जीवनमा ठूलो चमत्कार आएको बताएका छन् ।


0 comments
Write Down Your Responses