सरकार परिवर्तन गर्न नसकेका प्रचण्डको पार्टीभित्र फेरी अर्को ‘खतरनाक’ योजना
काठमाडौं, २६ वैशाख । केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको छ ।
पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरि काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले बताए ।


0 comments
Write Down Your Responses