मेडिकल क्षेत्रका ‘डन’लाई यसरी हुँदैछ फाइदै–फाइदा .....

काठमाडौं, २६ वैशाख । प्रस्तावित राष्ट्रिय चिकित्सा ऐनमा मुलुकमा केही दशकसम्म निजी क्षेत्रको लगानीमा नयाँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनमा रोक लगाएको छ । सरकारले गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले तयार गरेको ‘राष्ट्रिय चिकित्सा शिक्ष ऐन, २०७३’ को मस्यौदा जस्ताको तस्तै संसदबाट पारित भए मुलुकमा अब लामो समयसम्म निजी क्षेत्रबाट नयाँ मेडिकल कलेज तथा निर्सिङ कलेज स्थापना हुने छैनन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । आसय पत्र लिएर सञ्चालका लागि ठिक्क परेका भनिएका मेडिकल कलेजलाई समेत ऐनको मस्यौदाले रोक लगाएको छ । ऐन लागू भए जथाभावी सञ्चालनमा आएका कलेजलाई पनि टिक्न हम्मे पर्नेछ । त्रिवि शिक्षण अस्पतालका डा।गोविन्द केसीको पटकपटकको अनसनपछि त्रिवि पूर्वउपकुलपति केदारभक्त भमाथेमा संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदनले सिफारिस गरेअनुसार बनेको उक्त प्रतिवेदनले १० वर्ष सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मेडिकल कलेज सञ्चालनको आसयपत्र समेत नपाउने व्यवास्था गरिएको छ ।

0 comments

Write Down Your Responses