दर्शक कुटेपछि मिकाले तिरे २० हजार <कारण >
मुम्बई । दर्शकलाई कुटेको अभियोग लागेका गायक मिका सिंहलाई अदालतले २० हजार रुपैंया जरिवाना तिराएको छ । मिकाले ट्वीट गर्दै भनेका छन् ‘मलाई जमानत तिराउने अदालतप्रति म आभारी छु म कानुनको पालना गर्ने नागरिक हुँ ।’
भारतको इन्द्रपुरमा सन २०१५ मा भएको म्युजिक कन्सर्टमा मिका सिंहले एक दर्शकलाई थप्पड मारेका थिए । एक डक्टरले मिकाको बिरुद्धमा उजुरी गरेका थिए ।
उजुरीमा मिका सिंहले जानी जानी दर्शकलाई चोट पुर्याएको उजुरी गरिएको थियो । तर, मिकाले आफुले थप्पड हानेको अस्वीकार गर्दै आएका थिए ।
अदालतमा हर्जाना तिरेपछि मिकाले दर्शकलाई थप्पड मारेको पुष्टि भएको छ ।


0 comments
Write Down Your Responses