सिंहदरबार घेराउको कार्यक्रममा अचानक हेरफेर, प्रहरीसँग भिड्ने गोप्य तयारी

Sanghya Gathabandhan Morcha Madheshiकाठमाडौं, १ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आवद्ध २९ दलीय संघीय गठबन्धनले सिंहदरबार घेराउको आफ्नो पूर्वनिर्धारित कार्यक्रममा केही हेरफेर गरेको छ । यसअघि संघीय गठबन्धनले चारस्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् । शेर्पाले दुईस्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान नौँ बजेदेखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् । यसअघि गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । सोँच जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुईस्थान हनुमनस्थान र माइतीघरमण्डलामा केन्द्रित गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ । हनुमानस्थानमा भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतको भनाइ छ । यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । शेर्पाले बौद्धतिरका बेरोजगार युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी हुन गोप्य तयारी गरेको स्रोतको दाबी छ । जेठ २ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ

0 comments

Write Down Your Responses