‘बिगबोस ८’मा लभ परेको यो जोडीको पनि सम्बन्ध धेरै दिन टिकेन ...

सलमान खानको चर्चीत रियालिटी सो ‘बिग बोस सिजन ८’ का प्रतियोगी उपेन पटेन र करिष्मा तन्नालाई धेरैले याद गरेको हुनुपर्छ । रियालिटी सो कार्यक्रम गर्ने क्रममा उनीहरु एकअर्कालाई मन पराउन थालेका थिए । सुरुमा त दर्शकहरुलाई आकर्षण गर्न पनि प्रेमको नाटक गरिएको आकलन धेरैले गरेका थिए । तर पछि ‘नाच बलिए’ कार्यक्रममा उनीहरुले सँगै कार्यक्रम प्रस्तुत गरे । यसबिच उनीहरुले कार्यक्रमकै माझ इन्गेजमेन्ट गर्ने प्रतिबद्धता गरे । अब भने उनीहरुबिच ब्रेकअप भएको छ । उपेन पटेलले टिवइटरमा करिष्मा र आफ्नो बे्रकअप भएको जानकारी गराएका छन् । उपेनसँगको सम्बन्धलाई लिएर करिष्माको धेरै आलोचना भएपछि उपेनले यस सम्बन्धबाट अलग्गिने निर्णय गरेका हुन् । पछिल्लो समय उनीहरुले सामाजिक सञ्जालमा एकअर्का बारे नकारात्मक टिप्पणी गर्दै आइरहेका थिए । अन्तत सार्वजनिक रुपमै उनीहरुले ब्रेक अप भएको घोषणा गरेका छन् ।

0 comments

Write Down Your Responses