मिल्न खोजेका हात फेरि यसरी रोकिए पछि….
भारतले चाहेको सम्बन्धको चार मोडालिटी
भारतले सम्बन्ध विस्तारका लागि नेपालसाग चार मोडल प्रस्तुत गरेको छ। जसमा, भारत–पाकिस्तान सम्बन्धको मोडल, भारत–भुटान सम्बन्धको मोडल, सम्बन्ध पनि नतोड्ने, कुरा पनि नगर्ने (संवादहीनताको मोडल) र भारतको सबै कुरा मानिदिने गरी असल सम्बन्ध स्थापित गर्ने मोडल छन्।
तर, ओली पाँचौँ मोडलको पक्षमा
प्रधानमन्त्री केपी ओली भारतले चाहेको चारमध्ये कुनै पनि मोडालिटी स्वीकार गर्ने पक्षमा छैनन्। स्रोतका अनुसार ओलीको पाँचौँ मोडल यस्तो छ, ‘राजनीतिक मामिला (मधेस)मा भारतको पूर्ण अहस्तक्षेप र बाँकी विषयमा सम्मानजनक साझेदारी।’ भारतले राजकीय भ्रमणमा बोलाएर संयुक्त वक्तव्य जारी गर्न नमानेपछि रुष्ट ओलीले पाँचौँ मोडल रोजेका हुन्।
भारतको सामना गरेर जानुपर्ने पक्षमा ओली रहेको उनीनिकट स्रोत बताउँछ। ‘मधेस समस्या आफ्नै तरिकाले सम्बोधन गर्न ओली चाहन्छन्। तर जलस्रोत, व्यापार, पारवहनलगायतका विषयमा सम्झौता गर्न उनी तयार छन्,’ स्रोत भन्छ, ‘ओलीको फिफ्थ च्वाइसलाई भारतले कुनै हालतमा समर्थन गर्दैन। भारतले सुरक्षा चासो जोडेर नेपाली राजनीतिमाथि प्रभाव जमाउन चाहन्छ। उनी यसलाई मञ्जुर गर्न तयार छैनन्। बरु, भारत कुन तहसम्म जान्छ, सामना गरेर जाउँ भन्नेमा उनी छन्।’

0 comments
Write Down Your Responses