हरेक वर्ष ५० हजार युवालाई यसरी स्वरोजगार बनाइने ...
काठमाडौं, वैशाख २६ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा युवा लक्षित प्रशस्त कार्यक्रम समावेश गरेको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा वार्षिक ५० हजार युवालाई स्वरोजगार बनाउने योजना समेटिएको छ ।
विदेशिएका युवाहरुको हकमा उनीहरुले आर्जन गरेको पैसालाई स्वदेशको जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने योजना सार्वजनिक गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सीप परिक्षण गरी प्रमाणपत्र प्रदान लिन सक्नेछन् ।
युवाहरुमा खेलकुद क्षमताको विकासका लागि प्रत्येक प्रदेशमा एक रंगशाला बनाउने सरकारी योजनामा छ ।
त्यस्तै, कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य र क्रमशः निशुल्क बनाउंदै लैजाने, युवा वैज्ञानिकलाई वृत्ति वितरण जस्ता युवा लक्षितकार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।
त्यसैगरी, शैक्षिक प्रमाणपत्रको आधारमा बिना व्याज ऋण उपलब्ध गराउने योजना पनि सरकारले सार्वजनिक गरेको छ ।


0 comments
Write Down Your Responses